नियम ५०
वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति लिनु पर्ने
(१) संरक्षण क्षेत्रभित्र कसैले वैज्ञानिक अनुसन्धान, अवलोकन सम्बन्धी काम गर्न चाहेमा विभागले स्वीकृति दिन सक्नेछ । यसरी स्वीकृति दिएको जानकारी परिषद्लाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्वीकृति लिई अनुसन्धान सम्पन्न गरेपछि सम्बन्धित व्यक्ति वा संस्थाले सोको प्रतिवेदन विभाग र परिषद््् समक्ष एक एकप्रति बुझाउनु पर्नेछ ।